२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध सडक सञ्चालन



अ+ अ-

कञ्चनपुर । स्तरोन्नतिको माग राख्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका बासिन्दाले चार दिनदेखि अवरुद्ध गरेको कलुवापुर–बेलौरी सडक सोमबारदेखि सञ्चालनमा आएको छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, वडाध्यक्ष, सडक निर्माण ठेकेदार कम्पनीका प्रतिनिधिलगायतको रोहवरमा सडक कालोपत्र तत्काल शुरु गर्ने सहमतिपछि आन्दोलित बासिन्दाले सडक सञ्चालन गर्न सहमत भएका हुन् ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका इञ्जिनीयर धीरेन्द्र भट्टले भर्खरै मात्र सडक डिभिजन कार्यालयबाट सडक हेर्ने जिम्मा प्रदेश सरकारमा आएको र सो सम्बन्धी फाइल आउन ढिला हँुदा कालोपत्रको कार्य ढिलो भएको बताउनुभयो । सन्तोषी–थेगिम जेभी ठेकेदार कम्पनीका प्रतिनिधि दीपक जोशीले सोमबारदेखि सडक निर्माणको काम अगाडि बढाउने बताउनुभयो ।

प्रदेशसभा सदस्य खड्काले गत असोजदेखि सडक स्तरोन्नतिका काम अगाडि बढाउन ठेकेदार कम्पनीसँग सहमति भए पनि सडक डिभिजन कार्यालय केन्द्र सरकारले प्रदेश सरकार जिम्मा दिएपछि फाइल मिलान, हिसाब हेर्न र ‘स्टिमेट’ हेर्न समय लागेका कारण ढिलाइ हुन गएको बताउनुभयो ।

ठेकेदार कम्पनीले सडक निर्माणमा ढिलाइ गरेकै कारण ठेकेदार कम्पनीले पाउनुपर्ने रु एक करोड रोकेका छौँ, उहाँले भन्नुभयो, “सडक निर्माणका लागि गिट्टी तयार गर्न लगाइसकेका छौँ । कागजी प्रक्रिया मिलाउँदै गरौँला, काम शुरु गर्न भनेका छौँ ।”पहिलो चरणमा कलुवापुरदेखि स्याली नदीसम्म र दोस्रो चरणमा स्याली नदीदेखि बेलौरीसम्म सडक निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

वर्षौँदेखि सडक स्तरोन्नतिको माग गर्दै आएका बासिन्दाले सडक निर्माणकार्य एक वर्षदेखि अलपत्र परेपछि आन्दोलन थालेका हुन् । प्रदेशसभा सदस्य खड्काको पहलमा सडक निर्माणका लागि आन्दोलनमा उत्रिएका बासिन्दाका प्रतिनिधिसहित मुख्यमन्त्रीलाई भेटेपछि सडक स्तरोन्नतिको कार्य अगाडि बढ्ने भएको हो । ठेकेदार कम्पनी सन्तोषी–थेगिम जेभीले विसं २०७३ भदौमा २३ किलोमिटर कलुवापुर–बेलौरी सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो । सम्झौताअनुसार सन्तोषी–थेगिम जेभीले २०७५ भदौ १५ गतेभित्र निर्माणकार्य सक्नुपर्ने थियो । रु १८ करोड २० लाखमा निर्माण सम्झौता भएकामा अहिलेसम्म निर्माण कम्पनीले रु चार करोड ४४ लाख भुक्तानी लिइसकेको छ ।