२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल निर्वाचन समितिलाई पूर्णता दिनुस्- उपसभापति निधि (भिडियो सहित)



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको निर्वाचन समितिलाई तत्काल पूर्णता दिन सभापति शेरबहादुर देउवासँग माग गर्नु भएको छ । 
उपसभापति निधिले पार्टीको विधान अनुसार ५ सदस्यीय निर्वाचन समिति हुनुपर्नेमा हाल ४ सदस्य रहेको भन्दै त्यसलाई तत्काल पूर्णता दिन पार्टी सभापति देउवासँग माग गर्नु भएको हो ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा अनसनमा बसेका काँग्रेस डडेलधुराका नेता, कार्यकर्तालाई भेटन पुग्नु भएका उहाँले सञ्चारकर्मीमाझ निर्वाचन समितिले गराउने विभिन्न तहको अधिवेशनलाई बैधानिकता दिन पनि पाँच सदस्यीय बनाउनुपर्ने आवश्यक्ता रहेको उल्लेख गर्दै त्यसबारे सभापति देउवालाई छिट्टै भेटेर ध्यानाकर्षण गराउने जानकारी समेत दिनु भयो ।

पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी समेत घोषणा गर्नु भएका उहाँले आफूसँग परामर्श समेत नगरी निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएको भन्दै महादेव यादवप्रति पनि असन्तुष्टि जनाउनु भयो । उपसभापति निधिले भन्नु भयो, ‘महादेवजीले राजीनामा दिनुभन्दा पहिले म सँग सल्लाह गरि दिएको भएपनि हुन्थ्यो । उहाँले राजीनामा गर्न पनि हतार गर्नु भएको छ । उहाँको राजीनामा स्वीकृत गर्न पनि हतारमै भएजस्तो लाग्छ मलाई । म सभापतिजीलाई भेटेरै भन्छु–प्रदेश अधिवेशन, महाधिवेशनलगायतका कामहरु धेरै गर्नुछ । तत्काल निर्वाचन समितिलाई पूर्णता दिनुस् । विधानमा निर्वाचन समिति पाँच सदस्यीय छ । हाल ४ सदस्यले गरेको निर्णय मान्न सकिदैन ।’

उपसभापति निधिले महाधिवेशनलाई सफल बनाउने काममा लागि पर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो ।