२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य तराईमा राज गर्दै पूर्वराजा



अ+ अ-

काठमाडौं । करिब दुई साता देखि सिमरा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन । पुर्व राजाले सोमबार बेलुकासम्म २ सय ५० जना भन्दाबढीसंग भेट गर्नुभएको छ । समाचार नेपाल समाचारपत्रमा छ ।

नितान्त व्यक्तीगत भ्रमण भन्दै मध्य तराई र पुर्वी तराइको भ्रमणमा निस्कनु भएका ज्ञानेन्द्रले तराईका राजावादी लगायत विभिन्न व्यक्तीसंग भेट गर्नुभएको छ ।

भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आह्रह गरेका थिए । सिमरा स्थित प्रभु शमसेरको निवासमा बस्दै आउनुभएका ज्ञानेन्द्रले हिजो सिमरा स्थित राममन्दीरमा पुजा अर्चना गर्नुभएको थियो ।

केही दिन सिमरा बसाइपछि उहा सपरिवार झापा जाने कार्यक्रम रहेको छ । पूर्व रानी कोमल , निजी सचिव सागर तिमल्सिना र केही आफन्तसंग सिमरा बस्दै आउनुभएका ज्ञानेन्द्र करिब डेढ महिना लामो कार्यक्रम लिएर मध्य र पुर्वी नेपाल भ्रमणमा निस्कनुभएको छ ।