२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजश्व अनुसन्धान विभागद्वारा हुण्डी काराेबारी रामेश्वर साह समेत विरूद्ध ४ अर्ब बढीकाे बिगाे सहित अदालतमा मुद्दा दायर



अ+ अ-

काठमाडाैंः राजश्व अनुसन्धान विभागले विदेशी विनिमय नियमन गर्ने कानुन उल्लंघनकाे अाराेपमा रामेश्वर पुर्वे भन्ने रामेश्वर साह समेत अाठ जना विरूद्ध धनुषा जिल्ला अदालतमा साेमबार चार अर्ब बढीकाे बिगाे दाबी सहित मुद्दा दर्ता गरेकाे छ ।

विभागका अनुसार, रामेश्वर साह, निजकी श्रीमती मिनादेवी साह र पक्राउ परेकाहरू विजय यादव, मोख्तर अहमद, सन्त्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पुकुमार दास समेतले आपसी मिलेमतो गरी ह्वाट्स्एप एप्लिकेशनको माध्यमबाट परस्पर हुण्डी कारोबार विवरणहरू सांकेतिक शब्द र चिन्हहरू प्रयाेग गरी आफ्ना गुटमेलका कारोबारीसँग आदान प्रदान गरी विदेशी मुद्रा र नेपाली रुपैयाँ हुण्डीको माध्यमबाट ठूलो परिमाणमा अवैध रुपमा अन्तरदेशीय कारोबार समेत गरेका थिए ।

कारोबार भएको अनुसन्धानको क्रममा संकलित भाैचर तथा खातावहीबाट देखिएको रु. ४ अर्ब १५ कराेड ४९ लाख ५२ हजार २५१ का साथै रामेश्वर साहको घरबाट बरामद भएको ने.रु. ८३ लाख ६९ हजार २५०।- तथा भा.रु. ६ हजार ५०० को नेपाल राष्ट्र बैङ्कले तोकेको विनिमय दरले हिसाव गर्दा हुने ने.रु. १० हजार ४०९ समेत गर्दा हुने कूल ४ अर्ब १६ कराेड ३३ लाख ३१ हजार ९१० बराबरको रकम गैरकानुनी रुपमा अन्तरदेशीय कारोवार हुण्डी गरेको पुष्टी भएकाे पनि विभागले जनाएकाे छ ।

निजहरूबाट बरामद भएकाे ८३ लाख ६९ हजार जफत गर्ने, कानुन बमाेजिम असुल गर्नुपर्ने बिगाे रू. ४ अर्ब १६ कराेड ३३ लाख ३१ हजार तथा हदैसम्म सजाय माग दाबी जनही करिब रू. १२ अर्ब ५० कराेड तथा ती वर्षसम्म कैद सजाय माग गरी धनुषा जिल्ला अदालतमा मु्द्दा दायर गरिएकाे विभागले जनाएकाे छ ।