२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले जस्तै सुशीलले पनि दम्भ देखाएको भए संविधान बन्दैनथ्यो : थापा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले अहिले केपी ओलीले जस्तै सुशील कोइरालाले पनि दम्भ देखाएको भए संविधान बन्न नसक्ने दाबी गरेका छन् ।

सोमबार पोखरमा भएको सरकार विरुद्ध शक्ति प्रदर्शनको भेलालाई सम्बोधन गर्दै थापाले त्यतिबेला एमालेले दुई तिहाई भएर पनि काँग्रेसले खुट्टा कमाएको भन्दै काँग्रेस खुट्टा टेक्नै सक्दैन समेत भन्दा पनि काँग्रेसले माओवादीलाई मनाएरै संविधान जारी गरेको स्मरण समेत गरेका हुन् ।

थापाले भने, आफ्नो जिम्मेवारी पूरा गरेकोले सुशील कोइराला नेतृत्वको सरकारले संविधान दिन सफल भएको हो र त्यति बेला एमालेले ताली पायो, काँग्रेसले गाली पायो ।

थापाले भने ‘तर हाम्रा सभापति सुशील कोइरालामा अहिलेका प्रधानमन्त्री केपी ओलीको जस्तो दम्भ थिएन । त्यसैले सबैलाई मिलाएर अधिकतम सहमतिमा संविधान जारी गरियो ।’