२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृत अवस्थामा भेटिए फुटबलर साला र विमान चालक



अ+ अ-


बीबीसी । कार्डिफ सिटीका फुटबलर इमिलियानो साला सवार विमानको भग्नावशेष इङ्गिलस च्यानलमा फेला परेको छ ।

गत जनवरी २१ मा फ्रान्सको नान्टेसबाट कार्डिफ आउने क्रममा अर्जेन्टिनी स्ट्राइकर र पाइलट डेभिड इबोटसन सवारी पिपर मालिबु एन २६४डीबी विमान बीच बाटोमै बेपत्ता भएको थियो ।

निजी लगानीमा विमानको खोजीमा लागेका डेभिड मर्नसले गुएर्नसे नजिकै आइतबार विमानको भगनावशेष फेला पारेका थिए ।

उनी भन्छन्, ‘पानीमूनि ठूलो भगनावशेष फेला परेको छ । अहिले म यतिमात्र भन्न सक्छु ।’

रेडियो फोरको एक कार्यक्रममा बोल्दै उनले विमानको भगनावशेष पानीको सतहभन्दा ६३ मिटर तल रहेको बताएका छन् ।

२८ वर्षीय अर्जेन्टिनी साला गत जनवरी २१ मा फ्रान्सको नान्टेसबाट नयाँ क्लब कार्डिफ सिटी जान वेल्सका लागि उडेका थिए । उनले उडान भर्नुभन्दा २ दिनअघि मात्रै कार्डिफ सिटीमा अनुबन्ध हुन सम्झौता गरेका थिए ।

साला बेपत्ता भएपछि उनको खोजी तत्कालै थालिए पनि ८० घन्टासम्मको खोजीपछि पनि उनको टुंगो नलागेपछि २ दिन खोजी रोकेर पुनः निजी क्षेत्रको पहलमा उनको खोजी थालिएको थियो ।

अब एयर एक्सिडेन्टस् इन्भेस्टिगेसन ब्रान्चले भगनावशेषलाई निकाल्नेछ ।

यसबारे साला र डेभिडको परिवारलाई पनि जानकारी दिइएको छ ।