२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज देशभरी कांग्रेसको कब्जा, सरकारलाई लोकतान्त्रिक तागत देखाइँदै !



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अधिनायकवाद लाग्न थालेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले देशभरि सडक आन्दोलन गर्न लागेको छ ।

कांग्रेसले कम्नियुष्ट सरकाले देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेकोसहित मर्यादामै नबसेको लगायतका १६ वटा आरोप लगाउँदै शक्ति प्रदर्शन गर्न लागेको हो ।

पार्टि कार्यलय सानेपा माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोहि निणर्य अनुसार ७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा गर्नका लागि सबै केन्द्रीय सदस्यहरु विभिन्न जिल्लामा गईसकेका स्रोतले जनाएको छ।

कांग्रेसले यसपटक काठमाडौं उपत्यकामा पनि छुट्टाछुट्टै कार्यक्रम गर्ने भएको छ । यसअघि काठमाडौं उपत्यकामा एक ठाउँमा मात्रै कार्यक्रम हुँदै आएको थियो ।

को कहाँ संवोधन गर्दै ?

वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँ

उपसभापति विमलेन्द्र निधिले धनुषा

महामन्त्री डा शशाङ्क कोइराला नवलपुर

पार्टी प्रवक्ता एवं केन्द्रीय सदस्य विश्व प्रकाश शर्मा चितवन

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापा

केन्द्रीय सदस्य डा शेखर कोइराला मोरङ

केन्द्रीय सदस्य नेता गगन थापा पोखरा

केन्द्रीय सदस्य गुरु घिमिरेले अर्घाखाँची

कांग्रेसका १६ मुद्दा

१, सरकारको अधिनायकवादको विरोध २, संसदीय सर्वोच्चता कायम गर्न माग ३, सरकारको भ्रष्टाचार ४, राज्य आतंक बन्द गर्न माग ५, संसदीय मर्यादा पालना गर्न माग ६, हत्याहिंसा बन्द गर्न माग ७, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग ८, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही माग ९, डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न माग १०, चर्को मुल्यवृद्धि फिर्ता गर्न माग ११, तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न माग १२, अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न माग १३, सुशासन कायम गर्न माग १४, विधिको शासनको पूर्ण पालना गर्न माग १५, होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको आरोप १६, राज्य संचालन पारदर्शी गर्न माग ।

केन्द्रीय राजधानीमा हुने विरोध प्रदर्शन सहरका विभिन्न स्थानबाट निस्केर रत्नपार्क्स्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिने छ। सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिएका छन् ।