२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरी भत्ताबाट वञ्चित



अ+ अ-

लम्की । टीकापुर अस्पतालमा सुत्केरी भएका ५६६ जनाले सुत्केरी भत्ता पाउन सकेका छैनन् । अस्पतालमा आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक बजेट नआएका कारण उनीहरु सुत्केरी भत्ताबाट वञ्चित भएका हुन् ।

अस्पतालले चालू आर्थिक वर्षको साउनदेखि सुत्केरी भत्ता उपलब्ध गराउन सकेको छैन । अस्पतालले सुत्केरीलाई यातायात खर्चवापत रु एक हजार र नियमित गर्भजाँच गरेवापत रु ८०० उपलब्ध गराउँदै आएको थियो । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई प्रोत्साहनस्वरुप तथा र मातृ मृत्युदर घटाउन २०६५ सालदेखि आमा सुरक्षा कार्यक्रम लागू गरेको हो ।

अस्पतालमा साउनदेखि माघ २० गतेसम्म एक हजार १३७ जना सुत्केरी भएका छन् । पाँच सय ७१ सुत्केरीलाई टीकापुर नगरपालिकाले उपलब्ध गराएको रु १२ लाख वितरण गरिएको अस्पतालका प्राविधिक मुखिया मोहनसिंह साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले बजेट उपलब्ध गराउने आश्वासन दिएको थियो, बजेट नआएपछि नगरपालिकालाई गुहा¥यौँ । नगरपालिकाले दिएको रु १२ लाख १० दिनमै सकियो ।” साउनमा सुत्केरी भएकालाई अझै भत्ता दिन बाँकी रहेको साउदले बताउनुभयो ।

टीकापुर अस्पतालले आमा सुरक्षाका लागि आवश्यक पर्ने बजेटका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारलाई गुहार्दै आएको छ । “साउनमा सुत्केरी भएकालाई ६ महीनापछि पाएको रकमले के काम रु” सिनियर स्टाफ नर्स कल्पना खड्काले भन्नुभयो ।

तीन पटकसम्म भत्ता लिन अस्पताल गए पनि पाउन नसकेको साउनमा सुत्केरी भएकी जानकी गाउँपालिकाकी कल्पना देवकोटाले बताउनुभयो । “मसँगै सुत्केरी भएका अन्यले पनि भत्ता पाएका छैनन्”, उहाँले भन्नुभयो । साउनमै सुत्केरी भएकी गीता विष्टले सरकारले आमाको स्वास्थ्यमा ध्यान नदिएको गुनासो गर्नुभयो । साउनदेखि सुत्केरीले भत्ता पाउन नसकेपछि टीकापुर नगरपालिकाको स्वास्थ्य शाखाले नगरकार्यपालिकासँग रु २५ लाख बजेट माग गरेको छ ।