२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मरेका गैँडाको नमूना परीक्षण गरिने



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा अस्वाभाविक रुपमा गैँडा मर्न थालेपछि मरेका गैँडाको नमूना परीक्षण गर्न विदेश पठाउने तयारी गरिएको छ । गैँडाको मृत्युको कारण खोजी गर्न नमूना परीक्षणका लागि विदेश पठाउन लागिएको हो ।

चालू आवको हालसम्म २९ गैँडा मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति बनाएर काम अगाडि बढाएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो एक महीनामा मरेका सात गैँडा फेला परेका थिए । वर्षात्को बेलामा कालगतिले मरेका तर हाल फेला परेका धेरै भएको उहाँले बताउनुभयो ।

प्राकृतिक कारणले मरेकामध्ये निकुञ्जभित्रका २८ र जिल्ला वन कार्यालयअन्तर्गत एउटा रहेको छ । निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले भाले जुधेर, ढिस्कोबाट लडेर, बच्चा पाउन नसकेर, दलदलमा फसेर र बूढो भएर कालगतिबाट, बाघले खाएर, रोगका कारण रहेका छन् । जिल्ला वनअन्तर्गतको पञ्चकन्या सामुदायिक वनमा जुधेर एउटा गैँडा मरेको छ ।

कालगतिले बाहेक निकुञ्जमा मरेका गैँडा १५ देखि २५ वर्ष उमेरका रहेको घिमिरेले बताउनुभयो । गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले अस्वाभाविक ढङ्गबाट गैँडा मर्न थालेपछि रोगका कारण मरेका चारसहित अन्यको नमूना परीक्षणका लागि स्वदेश र विदेशका प्रयोगशालामा पठाउने तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार मरेका गैँडाको महत्वपूर्ण अङ्ग सुरक्षित राखिएको छ । ती अङ्गलाई बाहिर पठाएर मृत्युको कारण पत्ता लगाउने तयारी गरिएको छ ।

ठूलो सङ्ख्यामा गैँडा भएकाले महामारीको रुपमा रोग भित्रिन नपाओस् भन्नका लागि समयमै सतर्कता अपनाउने तयारी गरिएको हो । निकुञ्जका प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार मरेका र नसढेका गैँडाको मुटु, कलेजो, पित्त, मिर्गौला, मूत्रथैली, रगतलगायतका नमूना डिपफ्रिज र इथानोल अल्कोहलमा सुरक्षित राखिएको छ । मरेपछि कुहिएको अवस्थामा भेटिएका गैँडाको छाला सुरक्षित राखिएको छ ।