२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य कमाण्डरसहित सात लडाकू मारिए



अ+ अ-

लासकारगाह । अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबान लडाकूका कमाण्डरसहित सात जना मारिएका छन् ।

अफगान सेनाले आइतबार जारी गरेको वक्तव्यमा अरु पाँच लडाकू घाइते भएका जनाइएको छ । वक्तव्यका अनुसार सरकारी सेनाले शनिबार चलाएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् ।

सेनाले तालिबान लडाकू कमाण्डर क्वारी जानान पनि सोही कारबाहीका क्रममा मारिएको समाचारमा जनाइएको छ । लडाकूहरुले आफ्ना आखडामा राखेका अन्य बन्दोबस्तीका सामग्रीहरु पनि सो कारबाहीका क्रममा नष्ट गरिएको बताइएको छ ।

सेनाले सुरक्षाकर्मीतर्फको क्षतिको बारेमा भने कुनै जानकारी दिएको छैन । घटनाका बारेमा तालिबान लडाकूको तर्फबाट पनि कुनै प्रतिक्रिया आएको छैन ।