२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक अवस्थाको ख्याल गर्न प्रधानमन्त्रीको आग्रह



अ+ अ-

खार्तुम । सुडानका प्रधानमन्त्री मुताज मुसाले आर्थिक अवस्थाको ख्याल गर्न सुडानी प्रदर्शनकारीहरुलाई आह्वान गर्नुभएको छ ।

खार्तुममा शनिबार आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, “प्रदर्शनकारीको आवाज अवश्य सुन्नु पर्दछ र सम्मान गर्नुपर्दछ तर देशको आर्थिक अवस्था के छ त्यो पनि हेर्नुपर्छ ।”

आन्दोलनकारीहरुले तर्कपूर्ण मागहरु पनि उठाएको बताउदै उहाँले ती मागहरुलाई सरकारले खुल्ला हृदयले पुरागर्ने तर्फ लाग्ने पनि बताउनुभएको समाचारमा जनाइएको छ ।
उहाँले मुलुकको आर्थिक समस्यालाई पनि सँगसगै मिलेर समाधान गर्ने सरकारको चाहना रहेको उल्लेख गर्नुभयो । देशका आर्थिक समस्या जारी नै रहेको भन्दै ती मुद्दाको समाधान मिलेरै गर्ने पक्षमा सरकार रहेको पनि बताउनुभयो ।
“यो कुरा सत्य हो की यहाँ धेरै आर्थिक समस्याहरु छन्, त्यसलाई समाधान गर्ने कार्य भइरहेको छ,” उहाँले प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै भन्नुभएको छ ।

गत वर्षको डिसेम्बर १९ देखि राजधानी खार्तुमसहित सुडानका विभिन्न ठाउँमा विरोध प्रदर्शनका कार्यक्रमहरु भइरहेका छन् । जसका कारणले देशमा आर्थिक अवस्थामा ह्रास आइरहेको समाचारमा जनाइएको छ ।
मुल्यबृद्धिका विरुद्धमा सरकारका विरुद्ध विपक्षीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन विगत लामो समयदेखि जारी नै रहेको छ । प्रदर्शनका क्रममा अहिले सम्म कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

निकै लामो समयको यो प्रदर्शनका कारण अरु कैयौँ घाइते भएको समाचारमा जनाइएको छ । त्यसैगरी यस आन्दोलनका कारण नागरिकका आधारभूत खाद्य लगायतका वस्तुहरुको पनि मूल्य बृद्धि भएको छ ।