२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुण्डा नाइके राजु गोर्खाली पक्राउ



अ+ अ-

काठमाडौँ । चाबहिल क्षेत्रलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।

आईतबार महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई राजधानीको नयाँ वानेश्वरबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरले राजधानीको सुन्धारामा सञ्चालित काठमाडौं मलका व्यापारीलाई धाकधम्की दिँदै बढी भाडा असुल गरेको भन्ने उजुरीको आधारमा नियन्त्रणमा लिइएको जानकारी दिए ।

अपहरण, फिरौती, चन्दा, जबरजस्ती असुली, ठेकापट्ट आदिमा संलग्न हुँदै आएका गुण्डा नाइके गोर्खाली यसअघि पनि पक्राउ पर्दै र छुट्दै आएका थिए ।