२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले विपक्षी दलको नेतालाई सूचना नै नदिई कानूनी प्रक्रियाकाे उल्लंघन गर्याे : काँग्रेस



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले संसदीय सुनुवाई विशेष समितिमा असहमति पेश गरेको छ ।

आईतबार काँग्रेसका नेताहरु ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव, भीमसेन दास प्रधान र पुष्पा भुषाल गौतमले असहमति पेश गरेका हुन् ।

उनिहरुले संवैधानिक र कानूनी व्यवस्थाको प्रतिकूल हुने गरी संसदीय व्यवस्थाको प्रतिकूल हुने गरी विपक्षी दलको नेतालाई विधिवत रुपमा कुनै सूचना नदिई, प्रतिपक्षको भूमिकालाई शून्य गराई एकलौटी रुपमा संविधान, ऐन, कानून प्रक्रिया र पद्धतिको ठाडै उल्लंघन हुने गरी संवैधानिक, राजनैतिक र नैतिक मूल्य र मान्यता विपरित संवैधानिक परिषदले विभिन्न आयोगका अध्यक्षहरु सिफारिस गर्ने गरी भएको सिफारिस गैह्रकानूनी भएकोले उक्त संवैधानिक परिषदको सिफारिस गैह्र कानूनी भएकोले त्यसप्रति असहमति रहेको जनाएको छ ।

संसदीय सुनुवाई विशेष समितिमा नेपाली कांग्रेस द्वारा पेश गरेको असहमति

नेपालको संविधानको धारा २८४ ले संवैधानिक परिषद सम्बन्धी व्यवस्था गरेको छ । उक्त संविधानको धारा २८४ (१) को देहाय (ङ) ले संवैधानिक परिषदको सदस्य पदमा प्रतिनिधि सभाको विपक्षी दलको नेता रहने व्यवस्था छ । सोही धारा उपधारा (४) मा संवैधानिक परिषदको अन्य काम, कर्तव्य र अधिकार सम्बन्धी कार्यविधि संघीय कानून बमोजिम हुनेछ भन्ने व्यवस्था छ ।

संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी एने, २०६६ संविधानको धारा २८४ लाई कार्यान्वयन गर्न व्यवस्था गर्न बनेको संघीय कानून हुनुपर्दछ । उक्त ऐनको दफा ६ ले परिषद बैठक सम्बन्धी कार्यविधि तोकेको छ । उक्त दफा ६ को उपदफा १ मा ‘‘परिषदको बैठक आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ’’ त्यस्तै गरी ४८ घण्टा अगावै सदस्यहरुलाई सूचना पठाउनु पर्ने, गणपूरक संख्या अध्यक्ष र ४ जना हुनुपर्ने, बैठकको निर्णय सर्वसम्मतिको आधार हुने, सर्वसम्मती हुन नसकेमा निर्णय हुन नसक्ने, निर्णय हुन नसकेमा अध्यक्षले पुनः अर्को बैठक बोलाउने र त्यस्तो बैठकको सहमतिले सो विषयमा निर्णय गर्ने तर त्यस्तो बैठकमा पनि सहमति नभएर सम्पूर्ण सदस्यको बहुमतबाट निर्णय हुने कानूनी व्यवस्थाको विपरित संविधानको धारा २८४(४) र २९२(१) संवैधानिक र कानूनी व्यवस्थाको प्रतिकूल हुने गरी संसदीय व्यवस्थाको प्रतिकूल हुने गरी विपक्षी दलको नेतालाई विधिवत रुपमा कुनै सूचना नदिई, प्रतिपक्षको भूमिकालाई शून्य गराई एकलौटी रुपमा संविधान, ऐन, कानून प्रक्रिया र पद्धतिको ठाडै उल्लंघन हुने गरी संवैधानिक, राजनैतिक र नैतिक मूल्य र मान्यता विपरित संवैधानिक परिषदले विभिन्न आयोगका अध्यक्षहरु सिफारिस गर्ने गरी भएको सिफारिस गैह्रकानूनी भएकोले उक्त संवैधानिक परिषदको सिफारिस गैह्र कानूनी भएकोले त्यसप्रति हाम्रो असहमति रहेको व्यहोरा जानकारी गराउँदछौं ।

ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव, भीमसेन दास प्रधान, पुष्पा भुषाल गौतम

मिति : २०७५।१०।२०