२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनको बिचारमा नेविसंघका महामन्त्री काफ्लेको झापड, काँग्रेस भित्र खैलाबैला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले शनिबार सरकारी गाडीमा अगजानी गरिएको विषयले ठुलो आलोचना खेपिरहेको बेला काँग्रेसका नेता तथा कार्यकता बाद-प्रतिबादमा उत्रिएका छन् ।

काँग्रेस नेता गगन थापाले नेविसंघले हिजो देशव्यापी रुपमा सरकारी गाडी सञ्चालनमा रोक तथा आगजनी गर्नुको साथै तोडफोड भएको बिषयमा सामाजिक संजालमा आफ्नो धारण राख्न नपाउदै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले गगन थापा माथि टिप्पणी गर्न थालेका छन् ।

गगन थापाले आईतबार आफ्नो सामाजिक संजाल टुईटरमा नेविसंघले शनिबार गरेको गतिविधिको विरोध गर्दै लेखे ‘नेविसंघको नाममा केही ‘विद्यार्थी’ले सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ । किन्तु, परन्तु केही नलगाई मेरो उत्तर : त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई निरुत्सहित गर्न म डटेर लाग्नेछु ।’

यता नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले भने पार्टीका नेताहरुले वास्तविकता नबुझेर टिप्पणी गरेको बताएका छन् । उनले सरकारी गाडीको दुरुपयोग रोक्ने कार्यमा आफूहरुमाथि गाडी चालकले प्रतिवाद गर्न खोज्दा तोडफोड र आगजनी हुन पुगेको दाबी गरे ।

नेविसंघले शनिबार आफ्नो आह्वानलाई अवज्ञा गरेको भन्दै पोखरा, काठमाडौँ, बाँके र डोटीलगायतका क्षेत्रमा सरकारी गाडीमाथि तोडफोडका साथै आगजनी गरेको थियो । यस्तै विभिन्न ठाउँबाट करिब ७ सय सरकारी गाडीको चाबी नियन्त्रणमा लिएको थियो ।

सरकारी गाडीको चाबी नियन्त्रणमा लिनुका साथै आगजनी गरेको नेविसंघले यसअगाडि नै स्वीकार गरिसकेको छ ।