२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुल्यो रुपमती हत्याकाण्ड : बलात्कारपछि हत्या भएको पुष्टि, दुई जना पक्राउ



अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिका–बलुवाईकी ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ८ का २५ वर्षीय अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेको छ । हत्यामा संग्लग्न दुबै जना लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ ।

रुपमतीलाई गत शनिवार घरबाट छिमेकी महमद नेमाको घरमा टिभी हेर्न जाने क्रममा अन्सारी र महतोले लागूऔषधको नसामा अपहरण गरेका थिए ।

अपहरण पछि बालिकालाई बलात्कार गरेको र हत्या गरेर शव भोलिपल्ट बिहान घरदेखि करिब ५०० मिटर दक्षिण खोलामा नग्न अवस्थामा फ्यालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्या भएको खुलेको हो ।

घटना लगतै प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको थियो । खोलामा शव फ्याकेका कारण प्रमाण जुटाउन समय लागेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । घटना लगतै पक्राउ परेका दुबैले घटना स्वीकार गरेपनि प्रहरीले प्रमाण जुटाउन नसकेको कारण केश लम्बिएको उनले बताए ।

डीएसपी श्रेष्ठले घटनामा संलग्न दुई जनालाई आइतबार नै सार्बजनिक गर्ने तयारी रहेको बताए ।