२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको दुई गोलको मद्दतले हारबाट जोगियो युभेन्टस



अ+ अ-

काठमाडौँ । इटालियन लिगको शीर्ष टोली युभेन्टसले पार्मासँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

युभेन्टसको घरेलु मैदानमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्ट्सका रोनाल्डोले दुई तथा ड्यानियल रुगानीले एक गोल गरे । पार्माका जर्भिन्होले दुई तथा एन्टोनियो बारिल्लाले एक गोल गरेका थिए ।

३६ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा ड्यानियलले गोल गरेपछि युभेन्टसले अग्रतालाई दोब्बर बनायो ।

त्यसपछि ६४औं मिनेटमा एन्टोनियोले गोल गर्दै पार्मालाई खेलमा फर्काए । ६६औं रोनाल्डोले गोलगर्दै युभेन्ट्सको अग्रता फराकिलो बनाए ।

तर, ७४औं मिनेटमा जेरभिन्होले गोल गरेपछि पार्मा ३–२ को अवस्थामा आइपुग्यो । दोस्रो हाफको इन्जुरी समयमा जेरभिन्होले अर्को गोल थपेपछि युभेन्टस पार्मासँग अंक बाँड्न बाध्य बन्यो ।

बराबरीसँगै शीर्ष स्थानमा रहेको युभेन्टसले २२ खेलबाट ६० अंक बनाएको छ । युभेन्टस दोस्रो स्थानको नापोलीभन्दा नौ अंकले अगाडी छ । नापोलीको ५१ अंक छ । २९ अंक बनाएको पार्मा ११औं स्थानमा छ ।