२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान मेस्सीको दुई गोलले हारबाट जोगियो बार्सिलोना



अ+ अ-

काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियासँग बराबरी रोकेको छ ।

शनिबार राति घरेलु मैदान क्यम्प नाउमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बार्सिलोनालाई हारबाट कप्तान लियोनल मेस्सीले दुई गोल गर्दै बचाएका थिए । यता भ्यालेन्सियाका लागि भने केभिन गमेइरो ड्यानियल परेजोले गोल गरेका थिए ।

गोलको २४औं मिनेटमा केभिनले र ३२औं मिनेटमा ड्यानियलले गोल गर्दै बार्सिलोनाविरुद्ध भ्यालेन्सियाले २–० गोलको अग्रता बनाएको थियो । तर खेलको ३९औं मिनेटमा बार्सिलोनाका लागि कप्तान मेस्सीले गोल गर्दै २–१ गोलको स्थितिमा ल्याए ।

पहिलो हाफमा २–१ गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्दै खेल बराबरीमा टुंग्याएको हो । ६४औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीबाट गोल गरेपछि बार्सिलोनाले २–२ गोलको बराबरी खेलेको हो ।

गएराति नै भएको अन्य खेलमा रियल सोसाइडेडले एट्लेटिको विल्बाओलाई २–१ गोलअन्तरले पराजित गर्दा सेभिया सेल्टा भिगोसँग १–० गोलले स्तब्ध बन्यो । त्यस्तै, लेभान्टे र गेटाफेबीचको खेल भने गोलरहित बराबरीमा टुंगिएको छ ।

लिग लिडर बार्सिलोनाको २२ खेलबाट ५० अंक भएको छ । त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २१ खेलबाट ४४ अंक रहंदा लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिडको २१ खेलबाट ३९ अंक छ ।