२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

समायोजन फाराम नभर्ने कर्मचारी कहाँ जाने ? यस्तो सरकारको तयारी



अ+ अ-

काठमाडौं । समायोजन फाराम नभर्ने कर्मचारीले सरकारले आवश्यकताअनुसार जुनसुकै स्थानमा खटाउने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन फाराम भरेका कर्मचारीहरूलाई उनीहरूले रोजेको ठाउँमा खटाउने र नभर्ने कर्मचारीलाई जुनसुकै स्थानमा खटाउने जनाएको हो। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

मन्त्रालयले गत पुस १८ गते कर्मचारी समायोजनसम्बन्धी २१ दिने सार्वजनिक सूचना प्रकाशन गरेको थियो। फाराम नभर्ने कर्मचारीलाई पनि ज्येष्ठता, नागरिकतामा उल्लिखित ठेगाना वा हाल बसोबास गरिरहेको ठेगानाका आधारमा समायोजन गरिनेछ।
उनीहरूलाई स्थानीय र प्रदेशमा खटाउने प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। सरकारले यसअघि विशिष्ट श्रेणीका ५६ सचिवको समायोजन गरिसकेको छ। ‘कर्मचारी समायोजन अध्यादेश–२७५’ अनुसार विशिष्ट श्रेणीका ती सचिवको समायोजन संघमा गरिएको मन्त्रालयले जनाएको छ।
१३ हजार कर्मचारीले समायोजन फाराम भरेका छैनन्।