२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेगा बैंकको ज्वालामुखी शाखा उद्घाटन



अ+ अ-

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकास्थित शाखाको उदघाटन गरेको छ ।

ज्वालामुखी गाउँपालिकाको साँध भन्ज्याङमा कार्यालय रहेको शाखाको गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले उद्घाटन गरेका हुन् । ज्वालामुखी गाउँपालिकामा पहिलोपटक वाणिज्य बैंकको शाखा खुलेकोमा हर्ष व्यक्त गर्दै तिमिल्सिनाले मेगा बैंकलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग हुने बताए ।

उनले भने , ‘राजधानीबाट नजिकै भएर पनि अहिलेसम्म ज्वालामुखी गाउँपालिकामा कुनै पनि क वर्गको वाणिज्य बैंक पुगेको थिएन’ । मेगा बैंकको शाखा खुलेपछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाको विश्वास रहेको बताए ।

बैंकको शाखा खुलेपछि स्थानीय बासिन्दाहरु निकै उत्साही बनेको मेगा बैंक ज्वालामुखी शाखाका प्रबन्धक आत्मराम दवाडीले बताए । उनका अनुसार, शाखामा १५ सय जनाले खाता खोली कारोबार शुरु गरिसकेका छन् भने १४ करोड निक्षेप र २ करोड ऋण प्रवाह भइसकेको छ ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकले शाखा सञ्जाललाई गाउँ गाउँमा पुर्याउने उद्देश्य लिएको छ । योसँगै धादिङमा मेगा बैंकको तीनवटा शाखा भएको छ । मेगा बैंकले यस अघिदेखि नै धादिङबेशी र मलेखुमा शाखा विस्तार गरी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३०० भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।