२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई तिहाईसहित सरकारमा फर्कने गरी त्यसको अगुवाई केपी ओलीले गर्नु हुन्छ- शेरबहादुर तामाङ (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका केन्द्रिय कार्यालयका सचिव शेरबहादुर तामाङले आफ्नो पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएका सबै खालको विकृति अन्त्य गर्ने बताउनु भएको छ । 

मंगलबार चितवनको सौराहमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यालय सचिव तामाङले आगामी निर्वाचनमा बहुमत ल्याएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि पार्टीको १० औं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा केन्द्रिय कार्य समिति चयन गर्नु परेको बताउनु भयो । उहाँले न्याय क्षेत्रको अप्ठ्यारो हटाउनका लागि आगामी निर्वाचनमा दुई तिहाई मत दिएर विजयी गराउन आम जनतालाई आफूहरुले आग्रह गरिएको समेत बताउनु भयो ।

कार्यालय सचिव तामाङले भन्नु भयो, ‘केही महिना भित्र हामी निर्वाचनमा जाँदैछौं । हामीलाई विश्वास छ–केपी ओलीको अगुवाईमा हामी निर्वाचनमा जितेर बहुमतसहित र बहुमत मात्रै होईन, अझ हामी दुई तिहाई मागी रहेका छौं । किनभने न्यायालयमा देखिएको आजको बबण्डर, आजको जुन त्यो अप्ठ्यारो स्थिति छ । त्यसलाई अन्त्य गर्न एकचोटी नेकपा एमालेले दुई तिहाई लिएर न्यायालय भित्र देखिएका सबै खालका विसंगतीहरुलाई अन्त्य गर्नेगरी हामी अगाडि बढछौं । त्यो भएको हुनाले हामी त्यो दुई तिहाईसहित सरकारमा फर्कने गरी त्यसको अगुवाई केपी ओलीले गर्नु हुन्छ र हामी सबैको त्यो विश्वास भएकाले महाधिवेशनले पनि उहाँलाई त्यो अधिकार दिएको हो । उहाँले प्रस्तुत गर्नु भएको नाम सर्वसम्मत छ । योग्यतम भन्दा पनि योग्यतम छ ।’

कार्यालय सचिव तामाङले अध्यक्ष केपी ओलीले पार्टीको केन्द्रिय कमिटीका लागि प्रस्तुत गर्नु भएको नामावली योग्य रहेको दावी समेत गर्नु भयो ।