२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविप्राका उप–प्रबन्धक चौधरी पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उप–प्रबन्धक विजय कुमार चौधरीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ परेका छन् ।

चौधरीले सार्वजनिक सेवामा रहँदा दुई करोड चौध लाख अन्ठाउन्न हजार आठ सय चौतीस रूपैया चौध पैसा हिनामिना गरेको खुलेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिहरु श्रीमती प्रियंका कुमारी चौधरी लगायतको नाममा राखेको खुलेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउन माग दावी लिई सो चल अचल सम्पत्तिहरु जफत गर्ने प्रयोजनका लागि मात्र निज विजय कुमार चौधरीकी श्रीमती प्रियंका कुमारी चौधरीलाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।