२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार अगाडि उड्यो कालो झण्डा, डा.केसीको माग सम्बोधन नगरे आक्रामक बन्ने नेविसंघको चेतावनी



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको भातृ बिद्यार्थी संगठन नेविसंघले सिंहदरबार अगाडि कालो झण्डा उडाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारसँग निर्मला पन्तलाई न्याय र बिगत २४ दिन देखि अनसनरत डा.केसीको जीवन रक्षाको लागि भन्दै नेविसंघ बिरोधमा उत्रिएको हो ।

उनिहरुले डा. केसी र निर्माला पन्तलाई न्यायको साथ साथै सरकारसँग भ्रष्टाचार नियन्त्रणको माग गरेर बिरोध जनाएका हुन् ।

नेविसंघले बेलुनमा बाधेर कालो झण्डा उडाउँदै सरकारको विरोध जनाएको हो । नेविसंघले यसअघि पनि एयर्पोटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको थियो ।

नेविसंघले गत माग ११ गते प्रतिनिधिसभाबाट डा. केसीसँग गरिएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि त्यसको विरोधमा आन्दोलनलाई तीव्रता दिएको हो । डा.केसीको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्धको आन्दोलनलाई झनै आक्रामक बनाउने नेविसंघको चेतावनी छ ।