२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए लगातार विकेट



अ+ अ-

काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

यूएईले टस जितेर ब्याटिङ गरेको यूएईले आफ्नो दोस्रो विकेटको रुपमा गुलाम
गुलाम शब्बरलाई सोमपाल कामीको बलमा प्रदिपसिंह ऐरीको हातबाट क्याच गराएका हुन् । सकवर १ रनमै आउट भएका हुन् ।

यस्तै यूएईले पहिलो ओभरको अन्तिम बलमा अश्फाक अहमद चार रन बनाएर आउट भए । सोमपालले नै अहमदको विकेट लिएका थिए ।

तेस्रो ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा यूएईले १८ रन बनाएको छ ।

आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् । टिममा रोहितकुमार पौडेल र बसन्त रेग्मीलाई आराम दिएर ललितनारायण राजवंशी र पवन सर्राफलाई मैदान उर्तान लागिएको हो । सर्राफको यो नै टी–ट्वान्टी क्रिकेटमा डेब्यु हो ।

तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ ।

आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्ने लक्ष्यमा हुनेछ ।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २–१ ले पराजित गरेको नेपाल टी–ट्वान्टी क्रिकेट सिरिजमा भने १–० ले पछि परेको छ । आजको खेलमा जिते नेपालले सिरिज १–१ को बराबरीमा पुर्याउनेछ ।