२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुर्सी तोडफोड र ब्रिफकेस खोस्नेहरुले कांग्रेसलाई संसदको सर्वोच्चताबारे पाठ पढाउन आवश्यक छैन् : विश्वप्रकाश



अ+ अ-

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरुलाई कम्युनिष्टले संसदको सर्वोच्चता पाठ सिकाउन नपर्ने बताएका छन् ।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले भने, ‘हिजो कुर्सी तोडफोड र ब्रिफकेस खोस्नेहरुले कांग्रेसलाई संसदको सर्वोच्चताबारे पाठ पढाउन आवश्यक छैन, कांग्रेस प्रजातन्त्र र संसदको सर्बोच्चताबारे आफै जानकार छ ।’

नेपाली कांग्रसले पासो थापेर नभई बहुमतको कदर गर्न नसक्ने प्रधानमन्त्रीको कारण संसद चल्न गाह्रो भएको बताए । उनले भने,प्रधानमन्त्रीले गरेको सम्झौता पालना नभएकाले संसद अवरुद्ध गरेको हो । हाम्रो कुनै निजी स्वार्थ छैन् । बहुमतको आडमा विवेकलाई बन्धक बनाएर चिकित्सा शिक्षा विधेयक पास गरिएको छ ।

२४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग कांग्रेसको पनि हो । ,‘तपाईंको मुद्धा हाम्रो पनि मुद्धा हो, हामी तपाईँको मुद्धा बोक्छौं, तपाईं अनसन तोड्नुस् शर्माले भने’।

सरकारले एक वर्षको अवधिमा कुनै जनपक्षीय काम नगरेको आरोप लगाउँदै उनले भ्रष्टाचार, अनियमितताका साथै सरकारको मनोमानीका विरोधमा काङ्ग्रेसले माघ २१ गते देशैभरि विरोधको कार्यक्रम अगाडि सारेको जानकारी दिए ।

शर्माले कमजोरी सच्याउन प्रचण्डबाट सिक्न सुझाव दिएका छन् । उनले हिजो कटुवाल काण्डमा गरेको कमजोरी प्रचण्डले सच्याएको र उक्त पाठ प्रधानमन्त्रीले सिक्न पर्ने बताएका हुन् ।

उनले प्रचण्डबाट पनि पाठ सिक्न नसके कांग्रेसले पूर्ण पाठ सिकाई दिने भन्दै सिक्न आउन अपिलसमेत गरेका छन् ।