२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनशन तोडाउने जिम्मा डा. केसीलाई बोक्नेहरूकै हो : सञ्चारमन्त्री बाँस्कोटा



अ+ अ-

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले डा. गोविन्द केसीको अनशन तोडाउने जिम्मा उनलाई बोक्नेहरूकै भएको बताएका छन्। उनले बिहीबार नियमित पत्रकार सम्मेलनमा भने, ‘अनशन तोडाउने जिम्मा डा। केसीलाई ‘बोक्ने’ हरूकै हो। जहाज उडाउनेहरूले नै अवतरण गराउनुपर्छ।’ समाचार नागरिक दैनिकमा छ ।

उनले सरकारले डा। केसीको माग सम्बोधन गरिसकेको बताए। सरकारले उनलाई अनशन तोड्न पटकपटक भन्दै आएको बताउँदै माग पूरा भएकोमा उत्सव मनाउनुपर्नेमा अनशन किन बसेको हो थाहा नभएको बताए। मन्त्री बाँस्कोटाले भने, ‘राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि यो विषय सकिएको छ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अरू कुनै प्रधानमन्त्रीले डा। केसीको माग सम्बोधन नगरेको दाबीसमेत गरे। ‘उनका माग केपी ओलीबाहेक अरु कसले गरेको छ म दाबीका साथ भन्छु अरु कसैले मागको सुनुवाइ गरेनन्। पश्चिम ताकेर पूर्व हिर्काउने तरिका स्वीकार्य हुँदैन,’ मन्त्री बाँस्कोटाले भने।

डा। केसीका मागका विषयमा केही मानिसले संसदीय प्रक्रिया बन्धक राख्न खोजको आरोप बाँस्कोटाले लगाए। उनले भने, ‘सरकारले माग सम्बोधन गरिसकेको छ। अस्पतालसम्बन्धी माग पूरा भइसके पनि पनि कांग्रेसले संसद् अवरोध गरेर केही मान्छेको हठले संसदीय प्रक्रिया बन्धक बनाउन उपयुक्त हँुदैन।’ संसद्मा जुहारीसँग गीत पनि सुनेको भन्दै उनले अहिलेको चर्चित गीतको सुनाउँदै सालको पातको मात्र टपरी हुने सल्लाको नहुने भन्दै संसदीय प्रक्रियामा बहुमतले विधेयक पारित गर्न सक्नेतर्फ संकेत गरे।

उनले भेनेजुएला प्रकरणबारे बोल्दै सरकारले विदेशी देशसँगको सम्बन्ध कुनै ‘आइडियोलोजी’का आधारमा नराख्ने बताएका छन्। उनले नेपाल कुनै पनि देशको गोटी नबन्ने स्पष्ट पार्दै देशहरूसँग आइडियोलोजीको हिसाबमा सम्बन्ध नहुने बताएका हुन्। उनले भेनेजुएला प्रकरणमा परराष्ट्र मन्त्रालयले सरकारको स्पष्ट धारणा सार्वजनिक गरिसकेको पनि बताए। सो क्रममा उनले विदेशी देशहरूमा नियुक्त भइ जाने राजदूतहरूको शपथ राष्ट्रपतिले गराउने निर्णय गरेको पनि बताए।