२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको आधा दर्जन विकेट गयो खेर, सन्दीप जोरा अर्ध शतक नजिक



अ+ अ-

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाललको छैठौं विकेट गुमाएको छ ।

नेपालले छेठौ विकेटको रुपमा करण केसीलाई गुमाएको हो । केसी सुल्तान अहम्दको बलमा उनैबाट आउट भए । यस अघि उपकप्तान ज्ञानेन्द्र मल्ललाई अहम्दले नै ७ रनमा आउट बनाएका थिए। मल्ल गुलाम सकवरको हातबाट क्याच भएका हुन् ।

प्रदीप ऐरी पहिलो बलमै आउट भए । ऐरीको विकेट मोहम्द नाभेदले लिएका हुन् । नेपालले तेस्रो विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । दिपेन्द्रलाई अमिर ह्यातले सुल्तान अहमदको हातबाट क्याच गराएका हुन् ।

त्यस्तै, तेस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमाएको हो । पारस२५ बलमा २५ रन बनाएर जाहोर खानको बलमा सुल्तान अहम्दको हातबाट क्याच भएका हुन् ।

यसअघि आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनायो ।

यूएईका लागि शाइमन अनवारले उत्कृष्ट ब्याटिङ गरे । अनवारले ३८ बल चार चौका र दुई छक्काको मद्दतमा ५९ रन बनाए । सिपी रिज्डवान २२ , मोहम्मद नाबिद १, मोहमद उस्मानले ३० तथा आस्फाक अहमदले १ रनको योगदान दिए । मोहम्मद बुटाले अवजित २० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान दुई/दुई विकेट लिए । त्यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले एक/एक विकेट लिए । करण केसी महंगो सावित भए । चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए ।