२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटमा सकियो राजतन्त्र, पारस पनि आउट, नेपाल नाजुक अबस्थामा



अ+ अ-

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाललको चौथो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमाएको छ। पारस२५ बलमा २५ रन बनाएर जाहोर खानको बलमा सुल्तान अहम्दको हातबाट क्याच भएका हुन् ।

नेपालका प्रदीप ऐरी पहिलो बलमै आउट भए । ऐरीको विकेट मोहम्द नाभेदले लिएका हुन् । नेपालले तेस्रो विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । दिपेन्द्रलाई अमिर ह्यातले सुल्तान अहमदको हातबाट क्याच गराएका हुन् । यस अघि उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७ रनमा आउट भएका थिए। उनलाई सुल्तान अहम्दले नै गुलाम सकवरको हातबाट क्याच गराएका हुन् ।

यसअघि आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनायो ।

यूएईका लागि शाइमन अनवारले उत्कृष्ट ब्याटिङ गरे । अनवारले ३८ बल चार चौका र दुई छक्काको मद्दतमा ५९ रन बनाए । सिपी रिज्डवान २२ , मोहम्मद नाबिद १, मोहमद उस्मानले ३० तथा आस्फाक अहमदले १ रनको योगदान दिए । मोहम्मद बुटाले अवजित २० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान दुई/दुई विकेट लिए । त्यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले एक/एक विकेट लिए । करण केसी महंगो सावित भए । चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए ।