२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा सिमेन्ट उद्योगको घाटा कम



अ+ अ-

हेटौँडा । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको घाटा कम हुँदै गएको छ ।

रु ८३ करोड घाटा रहेको सो उद्योगको हाल घाटा रु ५१ करोडमा झारिएको उद्योग प्रशासनले जनाएको छ । लामा समयदेखि घाटामा रहेको सो उद्योगले २०७१ सालबाट वार्षिक रु १८ करोडदेखि रु २० करोड मूल्य बराबरको सिमेन्ट उत्पादन बिक्री गरी नाफा कमाएको छ ।

उद्योगले हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको छ । वर्षमा २७ लाख बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि उच्च प्रविधि र प्राविधिकको अभाव कारण २१ लाख बोरा सिमेन्ट मात्र उत्पादन हुने गरेको उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताउनुभयो ।

नेपाल सरकारको सहयोग भएमा सम्भाव्यताको आधारमा एक हजार २०० देखि दुई हजार ५०० टन दैनिक सिमेन्ट उत्पादन गर्ने लक्ष रहेको उद्योग प्रसाशनले बताएको छ ।

बजार डिलरका अनुसार हेटौँडा सिमेन्ट उद्योगको माग अत्यधिक छ । यसको क्षमता वृद्धि भएमा बजार राम्रो हुने बताइएको छ । निजी क्षेत्रमा उत्पादित सिमेन्ट केही सस्तो भएकाले यसले आफ्नो बिक्री मूल्य घटाउनु पर्ने हेटौँडाका सिमेन्ट व्यवसायी रामप्रसाद साहले भन्नुभयो । यो उद्योगको उत्पादन गुणस्तरीय हुन्छ भन्ने सर्वसाधारणको विश्वास छ ।