२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईद्धारा नेपाललाई १५३ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । पहिलो टी–२० म्याचमा यूएईले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफ व्याटिङ गर्नेछ ।

आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनायो ।

यूएईका लागि शाइमन अनवारले उत्कृष्ट ब्याटिङ गरे । अनवारले ३८ बल चार चौका र दुई छक्काको मद्दतमा ५९ रन बनाए । सिपी रिज्डवान २२ , मोहम्मद नाबिद १, मोहमद उस्मानले ३० तथा आस्फाक अहमदले १ रनको योगदान दिए । मोहम्मद बुटाले अवजित २० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान दुई/दुई विकेट लिए । त्यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले एक/एक विकेट लिए । करण केसी महंगो सावित भए । चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए ।