२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवालाई रोजगारी



अ+ अ-

बडीमालिका । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकाले १४० युवालाई रोजगार दिएको छ । बेरोजगारी समस्या समाधान गर्न सहयोग पु¥याउने उद्देश्यले सो कार्य गरिएको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो ।

गत पुस ७ गतेको गाउँ कार्यपालिकाको बैठकले आवश्यक कार्यविधि बनाई हिजोदेखि १०० युवालाई रोजगारी दिने काम भइरहेको अध्यक्ष शाहीले बताउनुभयो । प्रत्येक वडाका २८ का दरले बेरोजगार युवालाई गाउँपालिकाभित्रका सडक, बाटोघाटो मर्मत, सिँचाइ नहरजस्ता विकासे काममा लगाउन थालिएको छ ।

बुधबारदेखि शुरु गरिएको स्वरोजगार कार्यक्रममार्फत अध्यक्ष शाहीले छापुको सडक खोलीकुनादेखि शिलान्यास गर्दै बेरोजगार युवालाई काममा लगाएको छ । देशकै पहिलो गरीब गाउँपालिकाका रुपमा परिचित उक्त गाउँपालिकामा स्वरोजगारको अवसर सिर्जना गरी गरीबी न्यूनीकरण गर्न यो कार्यक्रम अघि सारेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेर शाहीले जानकारी दिनुभयो ।

विगतमा बेरोजगारी समस्याले यहाँका कतिपय युवा हिउँद लाग्ने बित्तिकै भारतलगायका देशमा काम गर्न जाने गरेका थिए । युवालाई अभिमुखीकरण गरेर हिजोदेखि काममा लगाइएको हो । श्रमको सम्मान गाउँपालिकाको अभियान भन्ने नाराका साथ युवा रोजगार कार्यक्रमका विषयमा स्वरोजगार दलमा छनोट भएका युवालाई रोजगार के हो ? त्यसको कामको प्रकृति, लक्ष्य उद्देश्य, बीमा नीति र दिगो विकासका सम्वन्धमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।