२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पारित भयो



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय सभाले पनि चिकित्सा शिक्षा विधेयक पारित गरेको छ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकको सुरूदेखि नै नेपाली कांग्रेसका सांसदहरूले उभिएर विरोध गरेका थिए। चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता गराए पनि अवरोध गरेकाले उनीहरू छलफलसमेत बहिष्कार गरे।

चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भएको थियो । राजपा सांसद वृषेशचन्द्र लाल र नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीसहितका सांसदहरुले छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

संशोधन प्रस्तावमाथि छलफल गर्दै राजपा सांसद लालले उक्त विधेयक थप छलफलका लागि विधायन समितिमा पठाउन माग गरे । अर्का संशोधनकर्ता सांसद अधिकारीले भने छलफलमा भाग लिएनन् ।

दुबै संशोधन प्रस्तावलाई अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेश गरेका थिए । दुबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

प्रतिनिधि सभाबाट पारित भइसकेको यो विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ।