२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघ महीनामै लालीगुराँस फुल्यो !



अ+ अ-

अमरगढी । सधैँ जसो फागुन महीनाको अन्तिम सातातिर फुल्ने लालीगुराँस यस वर्ष डडेल्धुरा जिल्लामा माघ महीनाकै पहिलो सातामा फुल्न थालेको छ । लालीगुराँस फुलेपछि फागुन,चैत महीनामा जस्तै वन जङ्गल रङ्गीवीरङ्गी भइ मन लोभ्याउने देखिन्छ ।

जलवायु परिर्वतनका कारणले सधैँ पुस अन्तिम साता वा माघ महीनाको पहिलो सातामै फुल्ने लालीगुराँस फुलेर जङ्गलमा मनमोहक दृष्य देखिन थालेको छ । लालीगुराँस माघ महीनामै फुल्न थालेपछि स्थानीयवासी हेर्नका लागि लालीगुराँस फुलेको स्थानमै जम्मा हुन थालेका छन् ।
लालीगुराँस फूल फुल्नका लागि चाहिने तापक्रम फागुन र चैत महीनामा पाइने भए पनि जलवायु परिवर्तनका कारण माघ महीनामै लालीगुराँस फूल फुल्न थालेको जानकार बताउँछन् । डडेल्धुरा जिल्लाका अधिकांश वन जङ्गलमा लालीगुराँस फूल ढकमक्क गरी फुलेका छन् । लालीगुराँस फूलसँग रमाउनका लागि मानिस जङ्गलमा जान थालेका छन् ।

लालीगुराँस फूल फागुन चैत महीनामा फुल्ने गर्दथ्यो तर केही वर्षयतादेखि बढ्दै गएको गर्मीसँगै लालीगुराँस फुल्न थालेको गन्यापधुरा गाउँपालिका–१ का स्थानीय लक्ष्मण सार्कीले बताउनुभयो ।