२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अज्ञात रोगले नदीका माछा मरे



अ+ अ-

जुम्ला । अज्ञात रोगका कारण तिला नदीका माछा मर्ने गरेका छन् ।

एक हप्ता अघिदेखि तिला नदीमा रहेका माछा मरेकोे चन्दननाथ नगरपालिका–१० गैरागाउँका स्थानीय नरेन्द्र भण्डारीले बताउनुभयो । तिला नदीको किनारमा मरेका माछा देखिने गरेको उहाँको भनाइ छ । छिना साँघुदेखि कारागारसम्म आउने जाने क्रममा नदीमा मरेका माछा देखिने गरेको उहाँले बताउनुभयो । नदीमा रहेका सानादेखि ठूला माछा मरेर तैरिने गरेको भण्डारीको भनाइ छ ।

नदीमा मरेका माछा बजारमा बिक्रीसमेत हुने गरेका छन् । तिला नदीमा साना असला जातका माछा पाइन्छ । जुन लोपोन्मुख अवस्थाको माछा हो । विगतका वर्षभन्दा यस वर्ष तिला नदीमा पानीको बहाव पनि घटेको स्थानीयले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले विषादी प्रयोग, पानीमा करेन्टर लगाएर वा अन्य कुनै कारणले माछा मरेको हुन सक्ने बताउनुभयो । माछा मर्नुको कारण यही हो भन्न नसकिने बताउँदै उहाँले सत्यतथ्य पत्ता लगाउनको लागि अनुसन्धान टोली गठन गरिएको जानकारी दिनुभयो ।

भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र जुम्लाका प्रमुख गोविन्दबहादुर महतको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।
हप्ताभित्र गठित अनुसन्धान टोलीलाई माछा मर्नुको कारण पहिचान गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले बजारमा ल्याइएका माछा नखान सर्वसाधारण सबैलाई सुझाव दिनुभएको छ ।




भर्खरै