२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.केसीको माग पूरा हुँदा कसैको हार हुदैन : पूर्वप्रधानन्यायाधीश कार्की



अ+ अ-

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आनसनरत डा.गोविन्द केसीमा माग पूरा हुने बताएकी छिन् ।

बुधबार दिउँसो अनसनस्थल शिक्षण अस्पताल पुगेकी कार्कीले केसीको माग जनताको माग भएको र माग पुरा गर्दिदैमा कसैको हार नहुने भन्दै सरकाले माग छिट्टै पुरा गर्ने उल्लेख गरिन्। उनले केसीका माग पूरा हुँदा राष्ट्र र प्रधानमन्त्रीको पनि विजय हुने भएकोले माग पुरा हुनेमा ढुक्क हुन केसीलाई आग्रह गरेकी हुन् ।

‘प्रधानमन्त्रीले तपाईंका माग पूरा भयो भनेर वचनवद्धता र सम्झौता गर्नु भएको छ’, उनले भनिन्, ‘सबैका मनमा उहाँको माग पूरा हुनुपर्छ भन्ने विश्वास छ । तपाईको माग सरकारले चाढै पुरा गर्नेछ’ ।

पत्रकारसँग संक्षिप्त प्रतिक्रियापछि डा. केसीलाई सम्बोधन गर्दै उनले माग पूरा हुने भन्दै निश्चिन्त रहने आग्रह गरेकी थिइन्।