२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुमार्गीको रकम जसरी भए पनि फिर्ता गराउनु – नेपाल राष्ट्र बैंक



अ+ अ-


काठमाडौँ — नेपाल राष्ट्र बैंकले व्यापारी अजेयराज सुमार्गीको पैसा जसरी भए पनि फिर्ता गराउन भनेको छ । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकहरूलाई मंगलबार निर्देशन दिएको हाे । राष्ट्र बैंकले मंगलबार केन्द्रीय कार्यालयमा बोलाएरै महालक्ष्मी विकास बैंक, नेपाल बंगलादेश बैंक र प्राइम बैंकलाई राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

‘उचित विकल्प खोजेर पैसा फिर्ता गर्न मौखिक निर्देशन दिएका छौं,’ स्रोतले भन्यो, ‘बैंकहरूले पैसा फिर्ता गर्न व्यावहारिक कठिनाइ रहेको बताएका थिए ।’ यसअघि उक्त स्रोत नखुलेको रकम फिर्ता गर्न नेपाल राष्ट्र बैंकका नाममा सर्वाेच्च अदलते नै आदेश दिएको थियो ।

तर ती बैंकहरुलाई यसअघि राष्ट्र बैंकले निर्देशन दिँदा फिर्ता गराउन नसकिने बताएका थिए । सर्वोच्चको आदेशलगत्तै हतारमा सुमार्गीको रकम निकासा दिएको राष्ट्र बैंकले समय घर्किएपछि निर्देशन दिने काम गरिरहेको छ ।

उनको खातालाई निगरानीमा राखी रोक्का राख्ने अधिकार भने राष्ट्र बैंकले प्रयोग गरेको छैन ।




भर्खरै