२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाहरु परिवार नियोजनप्रति आकर्षित



अ+ अ-


लेगोस । मोडुपे आडेगबिटेका हजुरबाबुका २२ सन्तान थिए । उनका बुबाका ९ जना मात्र सन्तान जन्मिए । उन्नाइस वर्षीया मोडुपेले भने चार जनाभन्दा बढी सन्तान नजन्माउने निर्णय गरेकी छिन् ।

“खुवाउन सकिन्न भने किन त्यतिविधि बच्चा जन्माउनु रु” उनले भनिन् ।

अफ्रिकाको सर्वाधिक जनसंख्या रहेको नाइजेरियाका धेरै युवाले यही प्रश्न सोध्न थालेका छन् । गरिबी, उच्च बेरोजगारी र जातीय द्वन्द्वको चपेटामा रुमलिएको नाइजेरियामा उच्च जनसंख्या बृद्धिले जनसांख्यिक विस्फोटको रुप लिँदैछ ।

राष्ट्रसङ्घको विश्व जनसांख्यिक स्थिति प्रतिवेदन अनुसार, नाइजेरियाको अहिलेको जनसंख्या १९ करोड छ र सन् २०५० भित्र यो ४१ करोड पुग्ने अनुमान गरिएको छ । यस शताब्दीको अन्त्यसम्ममा नाइजेरियाको जनसंख्या दोब्बर हुनेछ ।

यसको अर्थ केबल ३० वर्षभित्रै नाइजेरिया विश्वकै तेस्रो बढी जनसंख्या भएको मुलुक हुनेछ । बढी जनसंख्या भएका पहिलो र दोस्रो स्थानमा रहेका मुलुकहरुमा चीन र भारत हुन् ।

अडेगबिटेजस्ता युवा महिला नाइजेरियाको आर्थिक राजधानी लेगोस नजिकै बाडा भन्ने स्थानमा गरिबी चरम सीमामा छ । उनलाई यौन शिक्षा र परिवार नियोजनका सेवा प्राप्त गर्न पनि कठिन छ ।

बाडामा विद्युत सेवा र कालोपत्र गरिएको सडक सुविधा छैन, तर यहाँ गत वर्षदेखि परिवार नियोजन सेवा केन्द्र खुलेको छ ।

परिवार नियोजनका साधन कन्डम, गर्भनिरोधक चक्की र महिलाले लगाउने अन्य साधनहरु यहाँ निःशुल्क वितरण गर्न थालिएको छ । यो केन्द्र अमेरिकी गैर सरकारी संस्था पपुलेसन सर्भिसेज इन्टरनेसनलले सञ्चालन गरिरहेको छ ।

“यहाँका अधिकांश किशोरीहरु १५ वर्षकै उमेरमा, र कहिलेकाहिँ १४ वर्षकै उमेरमा, यौन सक्रिय हुने गरेको पाइएको छ,” केन्द्रकी नाओमी अलिले बताइन् ।

“जुनसुकै धर्म मानुन्, उनीहरुको यौन जीवन चाँडै शुरु भएको देखिन्छ । त्यसर्थ, उनीहरु सानै उमेरमा गर्भवती हुन्छन्, र स्कुल पनि जान छाड्छन् ।”

यो ठाउँका किशोरी र अरु महिलाहरुले शुरुमा निकै शंका देखाए, तर अलिको भनाइमा यौनिकता र सम्बन्धहरुका बारेमा उनीहरु सार्वजनिक स्थलमा पनि खुलेर कुरा गर्न थालेका छन् ।

“यो निकै कठिन हुन्छ, कहिलेकाहिँ उनीहरु परिवार नियोजनका साधन प्रयोग गर्दा आफूहरु बाँझोपनको शिकार हुने त होइन भनी जिज्ञासा पनि राख्छन् । कहिलेकाहिँ त अभिभावकहरुले नै यस्तो गर्नु हुँदैन भनी अस्वीकार गरिदिन्छन्,” उनले बताइन् ।

नाइजेरियाका महिलाहरुले आजभोलि सरदर ५।५३ बच्चा जन्माइरहेका छन्, विश्व बैंकको भनाइ छ । तर, जन्मदर प्रमुख सहरहरु जस्तै लेगोस र ग्रामीण क्षेत्रबीच ठूलो अन्तर छ । ग्रामीण क्षेत्रमा हरेक महिलाले आठ जनासम्म बच्चा जन्माउने गरेको पाइएको छ ।

पश्चिम अफ्रिकाका लागि राष्ट्रसंघीय जनसंख्या कोषका क्षेत्रीय निर्देशक माबिन्गु एन्गोमले उत्तरी नाइजेरियामा सबैभन्दा बढी जन्मदर रहेको बताए । “हामीले केही नगर्ने हो भने हामीले ठूलै समस्याको सामना गर्नु पर्नेछ ।”

उनले भने, “हरेक वर्ष रोजगारीको खोजीमा रहने दुई करोड युवामध्ये २० देखि ३० लाखले मात्र रोजगारी पाउँछन् । यसले द्वन्द्व र आतङ्कवादलाई नै प्रश्रय दिन्छ ।”

बेरोजगारीकै कारण उत्तरी नाइजेरियाबाट बोको हराम इस्लामिक छापामार युद्ध पन्पिएको उदाहरण दिँदै उनले भने, “यसको असर छिमेकी नाइजरमा पनि परेको छ । यो ठाउँमा विश्वकै सबैभन्दा उच्च जन्मदर रहेको छ ।”

ठूलो जनसंख्या भएपनि नाइजेरियाको भूगोल त्यति ठूलो छैन । अमेरिकाभन्दा दश गुणा सानो नाइजेरियाको क्षेत्रफल ९ लाख २३ हजार वर्ग किलोमिटर मात्र छ ।

तुलनात्मक रुपमा मलिलो पश्चिम अफ्रिकी मुलुक नाइजेरियामा किसान र पशुपालक समुदायबीच जमिन र पानीका विषयमा हिंसात्मक झडप दिनहुँ हुने गरेको छ । गत वर्ष मात्र दशौं हजार नागरिकको यस्तै विषयमा भएका भिडन्तमा परेर मृत्यु भएको थियो ।

थोरै सन्तान जन्माउन परिवारहरुलाई प्रोत्साहित गर्न सरकारी स्रोतसाधन पनि यहाँ अपर्याप्त छ । सामाजिक सुरक्षाको भरपर्दो व्यवस्था नभएका कारण पनि बढी सन्तान जन्माउन मानिसहरु अग्रसर भएका पाइन्छन् ।

बढी बालबच्चा जन्माए उनीहरु बुढेसकालको सहारा हुने धारणा आमजनतामा गहिरोसँग जोडिएको छ । तर, केहीको विश्लेषणमा ठूलो जनसंख्या पनि मुलुकका लागि अवसर हुने गर्दछ, किनभने विदेशी लगानीकर्ताहरु पनि तीव्र रुपमा विस्तार भइरहेको बजारमाथि नै आँखा लगाएर बसेका हुन्छन् ।

रिनेसाँ क्यापिटलका प्रमुख अर्थशास्त्री चाल्र्स रबर्ट्सनले नाइजेरियाका लागि आगामी २० वर्षसम्म जनसंख्या पनि ठूलै फाइदाजनक हुने बताए । नाइजेरियाले व्यापक रुपमा वयस्क शिक्षामा जोड दिन र विद्युत आपूर्तिलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

नाइजेरियाका उपराष्ट्रपति येमी ओसिनबाजोले बढ्दो जनसंख्यालाई भरथेग गर्न आर्थिक विकासको विकल्प नरहेको बताउँदै रोजगारी र आर्थिक अवसर प्रदान गर्न, शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन तथा आशा र विश्वास निर्माण गर्न आवश्यक रहेको बताए ।