२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट पार्टीले मात्रै कर्णालीलाई समृद्ध बनाउन सक्छ : शर्मा



अ+ अ-

सुर्खेत । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का प्रदेश इञ्चार्ज जनार्दन शर्माले बलियो कम्युनिष्ट पार्टीले मात्र कर्णाली समृद्ध बनाउन सक्ने बताएका छन् ।

आज आयोजित ‘जनप्रतिनिधि तथा अगुवा कार्यकर्ता भेला’ कार्यक्रममा बोल्दै प्रदेश इञ्चार्ज शर्माले विगतको गुटगत मानसिकतालाई भत्काएर अघि बढ्न पार्टी नेतृत्व तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले गुटगत प्रवृतिलाई अन्त्य गरेमात्रै कम्युनिष्टहरु बलियो हुने बताएका छन् ।

उनले स्वार्थ र गुटगत प्रवृतिको कारण प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सकिन लागेको भन्दै त्यस्तो अबस्थामा नपुग्न स्वार्थ र गुटगत राजनितिक त्याग्नु पर्नेमा जोड दिएका हुन् ।

“बलियो कम्युनिष्ट पार्टीले मात्र कर्णाली समृद्ध बनाउन सक्छ”, इञ्चार्ज शर्माले भने, “समाजवादमा लैजान नयाँ कम्युनिष्ट पार्टी निर्माण भएको हो ।”

सो कार्यक्रममा सचिव मायाप्रसाद शर्मा, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, केन्द्रीय तथा प्रदेश सदस्य, नेकपाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।




भर्खरै