२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नापी भएको जग्गाको लालपुर्जा नपाउँदा सुकुम्वासी चिन्तित



अ+ अ-

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित जनप्रमेमी टोलका ३२ घर सुकुम्वासीको जग्गा विसं २०२९ मा नापी भए पनि अहिलेसम्म सम्बन्धित व्यक्तिले लालपुर्जा पाउन नसक्दा चिन्तित बन्न थालेका छन् ।

सुकुम्वासी अरिमान मगर भन्नुहुन्छ, “विसं २०२९ मै पहिलो पटक पञ्चायत व्यवस्थामा आफूहरु बसेको जग्गा नापी भएको हो,त्यसबेलाको सरकारले लालपुर्जा दिने भन्दै टारेर आश देखाउँदै लामो समय कटायो ।”

विसं २०४६ पछि बहुदलीय व्यवस्था आएपछि पनि पुनः आफूहरु बसेको जग्गा पटक–पटक नापी भएको र आफूहरुले करसमेत तिर्दै आएको तर अहिलेसम्म लालपुर्जा पाउन नसकेको गुनासो अर्का भुटाई चौधरीको छ । विसं २०२९ देखि भोग गर्दै आएको जग्गा र करसमेत तिर्दै आएको जग्गाबाट बरु अहिले स्थानीय प्रशासनले पटक–पटक सूचना टास गर्दै हट्न निर्देशन दिने गरेको नहटे बल प्रयोग गर्ने चेतावनीसमेत दिने गरेका कारण आफूहरु चिन्तित हुनुपरेको अर्का दिलबहादुर बोट बताउँछन् ।

आफूहरुसँग पुरानो कर तिरेको रसिद सुरक्षित रहेका कारण पनि आफूहरुले भोग्दै आएको जग्गाको लालपुर्जा ३२ घर सुकुम्वासीले पाउनुपर्ने दाबी यहाँ बसोबास गर्दै आएकाहरुको छ । तर स्थानीय प्रशासन तथा मालपोतका पदाधिकारी यसमा आफूहरुभन्दा माथिल्लो निकायको निर्णय हुनुपर्ने त्यसपछि मात्र उक्त जग्गाको लालपुर्जा पाइने बताउँछन् ।

कित्ता नं ५२ मा बसोबास गरेकालाई विसं २०२९ मा सुकुम्वासीको कागजपत्र प्रदान गर्दै उक्त जग्गा तत्काल हकभोग गर्न पाउने तत्कालीन सरकारले अधिकार प्रदान गरेको दिलबहादुर बोट बताउँछन् । अहिले जनप्रेमी टोलमा ४६ वर्षदेखि बसोबास गर्दै आएका ३२ घर सुकुम्वासीले जग्गाको लालपुर्जा पाउन नसकेपछि अबको भविष्य के हुने हो भन्ने चिन्ताले रातदिन चिन्तित बन्दै जान थालेका छन् भने चाँडो राज्यले आफूहरुलाई लालपुर्जा प्रदान गरेर न्याय दिनुपर्ने मागसमेत गर्न थालेका छन् ।