२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी आठौं पटक मूल्यवान खेलाडी घोषित, रोनाल्डोलाई लाग्यो ठूलो धक्का



अ+ अ-

एजेन्सी । स्पेनिस बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सर्वाधिक मुल्यवान खेलाडीको अवार्ड जितेका छन् । ३१ वर्षीय मेस्सीलाई सिजन २०१७/१८ का लागि यस अवार्ड प्रदान गरिएको हो ।

स्पेनको प्रतिष्ठित पत्रिका ‘मुन्डो डेपोर्टिभो’ ले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई हरेक बर्ष यस अवार्ड प्रदान गर्ने गरेको छ । सोमबार राती आयोजित कार्यक्रममा मेस्सीलाई ला लिगाका अध्यक्ष जाभिर टेबासले अवार्ड प्रदान गरे ।

योसँगै मेस्सीले आठ पटक अवार्डमा कब्जा जमाए । सन् २००९/१० देखि सुरु भएको यस अवार्ड मेस्सी बाहेक अन्य दुई खेलाडीले मात्र जितेका छन् ।

१० संस्करणमा आठ वटा मेस्सीले जित्दा रियल म्याड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले २०१३/१४ र एट्लेटिको म्याड्रिडका एन्टोनी ग्रीजम्यानले २०१५/१६ मा एक एक पटक जितेमा थिए ।




भर्खरै