२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपको उपाधिका लागि जापान र कतार भिड्ने



अ+ अ-

काठमाडौं । कतारले एसिया कप फुटबलको उपाधिका लागि जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

मंगलबार भएको दोस्रो सेमिफाइनलमा आयोजक युएईलाई ४–० गोलअन्तरले पराजित गर्दै कतारले फाइनलमा पुगेको हो । कतारको जितमा बोउलम खोउखी, अल्मोइज अली, हसन अल हेदोस र हामिद स्माइलले समान १/१ गोल गरेका थिए ।

मोहमद बिन जायद स्टेडियममा कतारसामु घरेली टोली यूएई स्तब्ध बन्यो । युएईले कुनै उत्कृष्ट प्रदर्शन गर्न सकेन ।

खोउखीले २२ औं मिनेटमा नै गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । त्यस्तै, ३७ औं मिनेटमा अलीले गोल गर्दै कतारलाई दोब्बर अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २–० गोलले अघि रहेको कतारले दोस्रो हाफमा पनि थप दुई गोल गर्न सफल भयो । कतारका लागि खेलको ८० औं मिनेटमा हदोसले गोल गर्दै ३–० को अग्रता दिलाएका थिए । अतिरिक्त समयमा स्माइलले गोल गर्दै कतारलाई ४–० गोलको जित दिलाए ।

सोमबार भएको पहिलो सेमिफाइनलमा जापानले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । अब उपाधिका लागि जापान र कतारबीचको खेल फेब्रुअरी एक तारिखमा हुनेछ ।

अब कतारले उपाधिका लागि जापान खेल्ने छ । सोमबार भएको पहिलो सेमिफाइनलमा इरानलाई ३-० गोल अन्तरले पराजित गर्दै जापान फाइनलमा पुगिसकेको छ ।




भर्खरै