२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपाको महाधिवेशन वैशाखमा



अ+ अ-

काठमाडौं । ६ पार्टी एकजुट भएर बनेको राजपा नेपाल वैशाखमा हुने महाधिवेशनपछि अध्यक्षीय प्रणालीमा जाने भएको छ । अहिले ६ जना अध्यक्ष समावेश अध्यक्षमण्डलमा यसबारे छलफल भइरहेको राजपा स्रोतले जानकारी दिएको छ ।

महाधिवेशनको तयारीस्वरूप तल्ला निकायमा सदस्यता वितरणदेखि अन्य काम गरिरहेको राजपाले महाधिवेशनबाट पारित गर्ने गरी नयाँ विधान बनाउन समिति गठनको गृहकार्य गरेको छ । अध्यक्षमण्डलको सोमबार बसेको बैठकमा छिट्टै नयाँ विधान बनाउन समिति गठन गर्न अनौपचारिक सहमति जुटेको राजपा नेताहरूले बताएका छन् । ‘महाधिवेशन नजिकिन थालेपछि सबै काम कसरी गर्ने पार्टीभित्र पछिल्लो समय ठोस रूपमा छलफल अघि बढेको छ’, अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘यसको चाँडै नै टुंगो लाग्छ ।’

माघ १५ सम्म सदस्यता वितरणको समयसीमा तोकेको राजपाले एक साता थप्ने भएको छ । खासगरी धनुषा, महोत्तरी र पर्सा जिल्लामा सदस्यता वितरणमा पार्टीभित्र समस्या देखिएपछि एक साता म्याद थपेर सदस्यता विवाद टुंग्याउन लागेको छ । बाँकी जिल्लामा बुधबार समीक्षा बैठक बस्ने राजपाले जनाएको छ । धनुषा, महोत्तरी र पर्साको विवाद मिलाउन राजपाका वर्तमान संयोजक महेन्द्र यादव र अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव मंगलबार जनकपुर गएपछि धनुषामा विवाद टुंगिने भएको छ ।

पार्टीमा दुई समूहले आ–आफ्नो ढंगले सदस्यता वितरण गर्न खोजेपछि धनुषामा विवाद उत्पन्न भएको थियो । केन्द्रीय संयोजक यादव सोमबार अध्यक्षमण्डलको बैठक सकेर मंगलबार विवाद मिलाउनकै लागि जनकपुर गएको राजपा महासचिव केशव झाले बताए । उनका अनुसार वैशाखमा हुने महाधिवेशनको तयारी पार्टीले आन्तरिक रूपमा तीव्र पारेको छ ।

गत साउनमा पार्टीले नेताहरू लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र बृषेशचन्द्र लाललाई पार्टीको विधान बनाउन जिम्मा दिएको थियो । उनीहरूले पार्टीको केन्द्रीय तहमा अध्यक्षमण्डल कायम राख्ने कि अध्यक्षीय प्रणालीमा जाने टुंगो लगाउन सकेका थिएनन् । पछिल्लो समय बसिरहेको अध्यक्षमण्डल बैठकले महाधिवेशनपछि एक जना अध्यक्ष रहने र अध्यक्षमण्डलका सदस्यलाई समावेश गरी पार्टीको उच्चस्तरीय समिति बनाउने छलफल भइरहेको छ ।

साथै सामूहिक निर्णय प्रणालीमा पार्टी जाने प्रावधानअनुसार राजपा सञ्चालन गर्न सबै नेता सहमत देखिएका छन् । नेता राजेन्द्र महतोका अनुसार पार्टीले चाँडै विधान समितिदेखि महाधिवेशनको तयारीका लागि अन्य समितिसमेत गठन गर्न लागेको छ । राजपाले आगामी वैशाख ७–९ गते महाधिवेशन गर्ने निर्णय गरेको छ । समाचार अन्नपूर्ण पोष्टमा छ ।




भर्खरै