२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएला मामिलामा सरकार बाेल्याे, आन्तरिक मामिलामा हस्तक्षेप नगर्न नेपालकाे आग्रह



अ+ अ-
राष्ट्रपति निकाेलास मदुराे

काठमाडाैं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा केही दिनदेखि जारी राजनीतिक गतिराेधका बारेमा विश्व जनमत विभाजित भइरहेका बेला नेपाल सरकारले अाैपचारिक रूपमै भेनेजुएलाकाे अान्तरिक मामिलामा हस्तक्षेप नगर्न सबैसँग अाग्रह गरेकाे छ ।

भेनेजुएलाका राष्ट्रपति निकाेलास मदुराेलाइ हटाइ अाफू मुलुककाे अन्तरिम राष्ट्रपति बनेकाे त्यहाँका विपक्षी नेता हुँवा गुएइदाेले घाेषणा गरेसँगै विश्व जनमत पक्ष र विपक्षमा बाँडिएकाे छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेकाे विज्ञप्तीमा भेनेजुएलाकाे राजनीतिक घटनाक्रमप्रति नेपाल सरकारले नजिकबाट नियालीरहेकाे उल्लेख छ । विज्ञप्तीमा भनिएकाे छ, कुनै पनि मुलुककाे अान्तरिक राजनीतिक समस्या त्यही देशकाे संविधान बमाेजिम लाेकतान्त्रिक विधिबाट समाधान हुनु पर्दछ भन्नेमा नेपालकाे दृढ विश्वास छ, र याे विदेशी हस्तक्षेपबाट मुक्त हुनु पर्दछ ।

मुलुककाे राजनीतिक र संवैधानिक दृष्टिकाेण बारे भेनेजुएलाका जनताकाे निर्णय नै अन्तिम हुनेछ, विज्ञप्तीमा भनिएकाे छ, हामी भेनेजुएलामा शान्ति, स्थायित्व र एकता भएकाे हेर्न चाहन्छाैं एवं मतभिन्नतालाइ शान्तिपूर्ण माध्यमबाट समाधान गर्न अाह्वान गर्दछाैं ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले भेनेजुएलाका सम्बन्धमा केही दिन अघि जारी गर्नुभएकाे विज्ञप्तीप्रति चाैतर्फी विराेध भइरहेका बेला परराष्ट्र मन्त्रालयले अर्काे विज्ञप्ती जारी गरेकाे छ ।

संयुक्त राज्य अमेरिका, युराेपेली यूनियन र दक्षिण अमेरिकाका ब्राजिल, काेलम्बीया समेतका केही देशले भेनेजुएलाका विपक्षी नेतालाइ समर्थन गरेका छन् भने चीन र रूस समेतका केही देशले राष्ट्रपति मदुराेकाे समर्थन गरेका छन् ।

भेनेजुएलाकाे सेना र अदालतले भने मदुराेलाइ नै समर्थन गरेकाे छ । अार्थिक रूपमा कमजाेर देखिएकाे भेनेजुएलामा दिनहुँ पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् भने अमेरिकाले भेनेजुएलाकाे तेल खरिदमा प्रतिबन्ध लगाउने घाेषणा गरेकाे छ ।





भर्खरै