२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियुको चुनाव जित्ने डरले आफुहरु माथि आक्रमण गरे : शर्मा



अ+ अ-

काठमाडौं । सामान्य विषयमा भएको विवादले उग्र रुप लिएको छ । काठमाडौंको आरआर क्याम्पसमा सामान्य विवाद भएपछि अनेरास्ववियुका कार्यकर्ताहरुले नेविसंघका कार्यकर्तामाथि अाक्रमण गरेका हुन् ।

क्याम्पसमा चलिरहेको बृहत रचनात्मक सप्ताह अन्र्तगत संचालन भएको भलिबल प्रतियोगितामा सामान्य गल्ति भएको निहुँमा नेविसंघका विजय मल्लमाथि आक्रमण गरेका हुन् ।

मल्लको अहिले काठमाडौं मोडल अस्पतालमा उपचार भईरहेको नेविसंघका सुनिल शर्माले जानकारी दिए ।

शर्माका अनुसार खेल खेलिरहदाँ फल भएको निउ पारेर आक्रमण भएको हो । उनले सामान्य विवादमा पनि राजनितिक कारण जोडेर आफुहरु माथि आक्रमण हुनु लज्जास्पत कुरा भएको बताएका छन् ।

उनले क्याम्पसमा स्ववियुको चुनाब जित्ने डरले आफुहरु माथि आक्रमण गरेको आरोप लगाए ।

आक्रमण हुदाँ नेविका कार्यकर्ता सबै बाहिर र मल्ल एक्लै खेल मैदानमा रहेका थिए ।