२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारका अमिर शेखले चीनको भ्रमण गर्ने



अ+ अ-

बेइजिङ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आउँदो बुधबार चीनको दुई दिवसीय औपचारिक भ्रमणमा आउने भएका छन्। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा यो भ्रमण हुन लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

छिमेकी देशहरुको नाकाबन्दी भोग्दै आएको अरबी मुलुक कतारका अमिरको शक्तिशाली राष्ट्र चीनको भ्रमणलाई महत्वका साथ हेरिएको छ।

सन् १९८० को जुन ३ मा कतारको राजधानी दोहामा जन्मेका तमिम सन् २०१३ मा अमिर बन्नु भएको थियो। उनले १९९८ मा बेलायतको शाही सैन्य प्रतिष्ठानबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। सिन्ह्वा