२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वयुवराज शाहको स्वास्थ्य अवस्था खतरामुक्त, बंशाणुगत हृदयघातको समस्या



अ+ अ-

काठमाडौँ । पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था खतरामुक्त रहेको नर्भिक अस्पतालले जनाएको छ ।

शाहको उपचारमा संलग्न चिकित्सकको टोलीले मंगलबार पत्रकार सम्मेलन गरेर उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएको हो ।

उपचारमा संलग्न प्राध्यापक डा.यादवदेव भट्टले पूर्वयुवराज शाह मुटुको मुख्य नसानै पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमा सफल उपचार गर्न सकिएको जानकारी दिए ।

पूर्वराजा ज्ञानेन्द्रलाई पनि हृदयघातको समस्या भएको हुँदा पारसलाई पनि बंशाणुगत हृदयघात भएको र कालेस्ट्रोल बढी भएको जनाइएको छ ।

यसअघि पनि २ पटक हृदयघात भइसकेको हुँदा पारसको मुटु एकदमै कमजोर रहेको र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् । पारसलाई हिजो पाटनमा पूजामा सहभागि भएर फर्किने क्रममा एक्कासी छाती दुखेको थियो भने तत्कालै नर्भिक अस्पताल पुगेका थिए ।

हृदयघात भएको व्यक्तिमा ७२ घण्टासम्म मुटुमा समस्या आउने सम्भावना हुने हुँदा पारसलाई अहिले सिसियूमानै राखिएको हो ।




भर्खरै