२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा प्रदेश ५ को एकता : ७५ स्थानीय तहको टुङ्गियो



अ+ अ-

लमही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ५ मा एकता प्रक्रिया अघि बढेको छ । दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि यस प्रदेशका स्थानीय तहमा एकता प्रक्रियालाई तीव्रता दिइएको प्रदेश सचिव जगप्रसाद शर्माले जानकारी दिए ।

उहाँका अनुसार प्रदेश नं ५ का १०९ वटा स्थानीय तहमध्ये ७५ स्थानीय तहको पार्टी एकता टुङ्ग्याएर शपथ पनि गराइसकिएको छ । प्रदेशका छ वटा जिल्लाका सबै स्थानीय तहको एकता टुङ्ग्याएर शपथ गराइएको छ भने बाँकी पाँच जिल्लाको एकतालाई तीव्रता दिइएको उनको भनाइ थियो ।

गुल्मीको दुई नगरपालिका र १० गाउँपालिका, पाल्पाको दुई नगरपालिका र आठ गाउँपालिका, नवलपरासीका तीन नगरपालिका र चार गाउँपालिका, कपिलवस्तुका छ नगरपालिका र चार गाउँपालिका, बर्दियाका छ नगरपालिका र दुई गाउँपालिका तथा रुपन्देहीका एक उपमहानगरपालिका, पाँच नगरपालिका १० गाउँपालिकाको स्थानीय तहको एकता पूरा भइसकेको छ ।

प्यूठानका नौमध्ये आठ वटा तहको एकता भइसकेको छ । प्रदेश नं ५ का १०९ स्थानीय तहमध्ये बाँकी ३४ स्थानीय तहको पनि माघ महीना भित्रै टुङ्गिने जनाइएको छ । तीबाहेक प्यूठानका बाँकी स्थानीय तहसहित दाङ ,रोल्पा, बाँके, अर्घाखाँची र रुकुमपूर्वका स्थानीय तहको छिट्टै टुङ्गिने प्रदेश सचिव शर्माले बताए ।

“हामीले प्रदेश ५ का ७५ स्थानीय तहको एकता पूरा गरिसकेका छौँ”, उनले भने, “ बाँकी स्थानीय तहको माघभित्रै पूरा गर्छौं ।” प्रदेश नं ५ मा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका छन् ।