२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि बिदा नहुने



अ+ अ-

काठमाडौँ । प्रदेश नम्बर ३ सरकारले भोलि विदा दिने निणर्य गरेपनि काठमाडौँ उपत्यकामा विदा नहुने भएको छ । माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले बिर सहिदहरुको सम्झनामा (सहिद दिवस) को अवसरमा भोलि (बुधबार) सार्वजानिक बिदा दिने निर्णय गरेको थियो ।

यसका साथै मन्त्रीपरिषदले गठरेको विदाको निणर्य काठमाडौं उपत्यकामा लागू हुने वा नहुनेमा दुबिधा देखिएको छ।

प्रदेश ३ का आन्तरिक मामिला मन्त्री सालिकराम जमरकट्टेलले प्रदेशले दिएको बिदा प्रदेशभर लागू हुने बताए।
‘प्रदेशले सार्वजानिक बिदा दिएको हो, प्रदेशभर लागू हुन्छ,’ मन्त्री जमरकट्टेलले भने, ‘बिदाको निर्णय हामीले गृह मन्त्रालयमा बोधार्थसमेत दिएका छौं।’

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले प्रदेशले दिएको बिदा काठमाडौं उपत्यकाबाहेक प्रदेशका अरू जिल्लामा बिदा होला, प्रदेशले दिएको बिदा काठमाडौं उपत्यकाका तीन जिल्लामा भने लागू हुने बताएका छन् ।

उनका अनुसार काठमाडौँमा भोलि विश्वविद्यालय, बैंकहरू केन्द्रमातहत रहेकोले बिदा नहुने बताए।