२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका पूर्वरक्षामन्त्री जर्ज फर्नान्डिसको निधन



अ+ अ-

काठमाडौं । भारतका पूर्वरक्षामन्त्री जर्ज फर्नान्डिसको निधन भएको छ । फर्नान्डिसको मंगलबार विहान सात बजे दिल्लीको एक अस्पतालमा निधन भएको भारतीय मिडियाले जनाएका छन् ।

मिडियाका अनुसार उनमा केही दिनदेखि स्वाइन फ्लूको संक्रमण देखिए पछि उनलाई अस्पताल भघर्ना गरिएको थियो । उनी लामो समयदेखि अल्जाइमर रोगबाट पनि पीडित थिए ।

भारतीय नेता अटल विहारी बाजपेयीको अगुवाईमा राष्ट्रिय जनतान्त्रिक गठबन्धको सरकार बनेको बेलामा जर्ज फर्नान्डिस रक्षामन्त्री बनेका थिए । उनी भारतको समता पार्टीका संस्थापकसमेत हुन् ।

३ जुन १९३० मा जन्मेका फर्नान्डिस नौ पटकसम्म लोकसभाको सांसद रहेका थिए ।