२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिग्वाइनको आगमनसँगै मोराटाले क्लब छाडे



अ+ अ-

चेल्सीका किर्तिमानी अनुबन्ध अल्भारो मोराटा १८ महिने ऋण सम्झौतामा एथ्लेटिको म्याड्रिडसँग अनुबन्ध भएका छन् ।

७ करोड ६ लाख पाउण्डमा सन् २०१७ मा चेल्सी पुगेका मोराटा ९० लाख पाउण्डमा स्पेनिस क्लब आइपुगेका हुन् ।

रियल म्याड्रिड र युभेन्टसका पूर्व स्ट्राक्यरले वान्डा मेट्रोपोलिटयानोमा २२ नम्बरको जर्सी लगाउने छन् ।

चेल्सीमा हिग्वाइनको आगमनसँगै मोराटाले क्लब छाडेर जाने चर्चा चलेको थियो ।
प्रिमियर लिगमा आएपछि राम्रो शुरुवात गरेका मोराटाको पछिल्लो एक वर्ष भने सुखद रहेन ।

चेल्सीमा रहँदा उनले ७२ खेलमा मात्र २४ गोल गर्न सके भने ६ वटा गोलको अवसर सृजना गरे ।

‘मैले मेरो करियरको शुरुवात एथ्लेटिकोबाट गरेको हुँ । जसले म कहाँबाट आएको हुँ भनेर जानेको छु उनीहरुलाई म यहाँ आउन पाउँदा कस्तो अनुभव भएको छ भन्ने कुरा बुझ्छन्,’ सोमबार मेडिकल पास गरेपछि मोराटाले भने ।

अर्को महिना मोराटाले आफ्नो दुई पूर्व क्लब विरुद्ध खेल्नेछन् । फेब्रुअरी ९ मा ला लिगामा एथ्लेटिको भिडन्त रियल म्याड्रिडसँग रहेको छ भने फेब्रुअरी २० मा युभेन्टससँग च्याम्पियन्स लिगमा खेल रहेको छ । एजेन्सी