२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व यूवराज पारस शाहलाई सीसीयुमा सारियो, अझैं पनि खतरामुक्त भएनन्



अ+ अ-

काठमाडौं । पूर्व यूवराज पारस शाहलाई सी.सी.यु.मा सारिएको छ । शाहको मुटुको धमनी पूर्णरुपमा बन्द भएको कारण धमनी खुलाउन आज सी.सी.युमा सारिएको हो ।

शाहलाई सोमबार अपरान्ह ४ः१५ बजे तेस्रो पटक हृदयघात भएपछि काठमाडौँको थापाथलीमा mरहेको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो थोरै समय नर्भिकको आकस्मिक कक्षमा राखी जाँचपश्चात् उनलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियो ग्रामग गर्दा मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो ।

उनको उपचारमा प्रा.डा. यादवदेव भट्ट लगायत डा. जे.पी. जैसवाल, डा. नग्माश्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वलश्रेष्ठको टोली संलग्न रहेको जनाइएको छ ।

शाह अझैं पनि खतरामुक्त नभइसकेको अस्पतालले जनाएको छ। उनी केहीदिन हस्पिटलमै रहने जनाइएको छ।